मच्छिन्द्रको जितमा राहुलको दुई गोल
सोमबार, माघ ७, २०८१खेलपाटी संवाददाता

काठमाडौं। राहुलकुमार योञ्जनको दुई गोलसँगै मच्छिन्द्र फुटबल क्लबले एन्फा यु-१६ युथ लिगमा जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमबार सम्पन्न खेलमा मच्छिन्द्रले २-० को जित हासिल गरेको हो। जितसँगै मच्छिन्द्रले पाँच खेलमा ९ अंक जोडेको छ। पराजित सातदोबाटोको समान खेलबाट ६ अंक छ।
३७औं मिनेटमा राहुलले मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए। दोस्रो हाफको इन्जुरी समयमा उनले अर्को गोल थपे।








-1763904378702.png&w=3840&q=75)




