काठमाडौं। इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा ब्राइटनसँग ३–१ गोलअन्तरले पराजित भएपछि म्यानचेस्टर युनाइटेडको सिजन थप संकटमा परेको छ।
ओल्ड ट्राफोर्डमा यान्कुबा मिन्टेह, काओरु मिटोमा र जर्जिनियो रुटरले गोल गरेपछि युनाइटेडले लिगमा १० औं हार बेहोरेको हो। युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले पेनाल्टीबाट एक गोल फर्काए।
नयाँ मुख्य प्रशिक्षक रुबेन अमोरिमको नेतृत्वमा समग्रमा १५ खेलमा यो सातौं हार हो। पोर्चुगिच प्रशिक्षकलाई कीर्तिमानी २० पटकको च्याम्पियन युनाइटेडलाई पुनर्जीवित गर्न क्लबमा भित्र्याइएको थियो। तर, उनले पनि पार नलगाउने संकेत देखाइसकेका छन्।
रेलिगेसनमा रहेको एभर्टनसँग ३–२ ले पराजित भएपछि टोटनह्यामको अवस्था पनि युनाइटेडको झै खराब छ। २२ खेलबाट युनाइटेडले २६ अंक पुर्याउँदा टोटनह्याम चार अंकले पछि छ। तर, नटिङ्घम फरेस्टले साउथह्याम्पटनविरुद्ध ३–२ को जित निकाल्दै शीर्ष स्थानको लिभरपुलसँगको अंक दूरी ६ मा झारेको छ। फरेस्टको २२ खेलबाट ४४ अंक छ।