काठमाडौं। बार्सिलोना शनिबार ला लिगाको रेलिगेसन जोननजिक रहेको गेटाफेसँग १–१ को बराबरीमा रोकिएको छ। योसँगै बार्सिलोनाको ला लिगामा जितविहीन यात्रा चार खेल पुगेको छ।
लगातार चार सिजनमा बार्सिलोनाले साउथ मड्रिडको कोलिसियममा लिग भ्रमण गर्दा बार्सिलोनाले कुनै पनि गोल गर्न सकेको थिएन। बार्सिलोनाको अन्तिम जित सेप्टेम्बर २०१९ मा भएको थियो।
२० खेलबाट ३९ अंक जोडेको बार्सिलोना तालिकामा तेस्रो स्थानमा छ, दोस्रो स्थानको रियल म्याड्रिडभन्दा चार अंकले पछाडि र शीर्ष स्थानको एट्लेटिकोभन्दा पाँच अंकले पछि। काउन्डेले नवौं मिनेटमा पाहुना टोलीलाई अग्रता दिलाए। पेड्रीको उत्कृष्ट पासपछि गेटाफेका गोलरक्षक डेभिड सोरियालाई बिट गर्दै उनले गोल गरेका थिए।
फ्रान्सेली फुलब्याकले पेड्रीको पासलाई सहज रूपमा लिँदै बक्सभित्र चतुरतापूर्वक बल प्रहार गरेका थिए। तर, पहिलो प्रयास सोरियाले रोके। गोलरक्षक बल समात्न असफल भएपछि काउन्डेले रिबाउन्डमा सफलता हात पारे। काउन्डेले गेटाफेमा पाँच वर्षभन्दा बढी समयपछि पहिलो गोल गरेका हुन्।
बार्सिलोनाले अग्रता बढाउने मौका पाए पनि राफिन्हाले काउन्डेको क्रसमा नजिकैबाट हेडर मिस गरे र एक मिनेटपछि गेटाफेले बराबरी गोल गर्यो। गोलरक्षक इनाकी पेन्हाले कोबा डा कोस्टाको भली बचाउ गरे। तर, बललाई अराम्बारीले रिबाउन्डमा सजिलै गोलमा परिणत गरे।
बार्सिलोनाले बलको नियन्त्रण राखे तापनि गेटाफेको पाँचजनाको अनुशासित रक्षा पंक्तिलाई तोड्न सकेन। फरवार्ड लामिन यामाल, रोबर्ट लेवान्डोव्स्की, र राफिन्हाको शान्त प्रदर्शनले टोलीलाई थप दबाबमा राख्यो।
दोस्रो हाफमा बार्सिलोनाको सर्वश्रेष्ठ मौका प्रतिस्थापन खेलाडी फ्रेन्की डे योङ्गबाट आयो, जसको कर्लिङ प्रहारलाई सोरियाले एक हातले अद्भुत बचाउ गरे। राफिन्हाले नजिकैबाट अर्को मौका गुमाए।
शनिबारको फिका प्रदर्शन बार्सिलोनाको रोलरकोस्टर सिजनको अर्को अध्याय बन्यो, जसमा हान्सी फ्लिकको टोली स्थिरताका लागि संघर्ष गरिरहेको छ। बार्सिलोनाले डिसेम्बरको सुरूआतमा मालोर्कालाई हराएपछि लिग खेल जित्न सकेको छैन र चार खेलको जितविहीन शृंखलामा छ।
‘म निकै निराश छु। यो बराबरीको दुःखद छ,’ काउन्डेले मोभिस्टार प्लससँग भने,‘हामीले खेलको नियन्त्रणमा थियौं र एक मौका पाउँदा उनीहरूले गोल गरे। हामीसँग अवसरहरू थिए तर उपयोग गर्न सकेनौं।’