काठमाडौं। विभागीय टोली एपिएफ क्लबले एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत फाइनल चरणमा शुक्रबार वालिङ नगरपालिकामाथि फेरि गोलको वर्षा गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दोस्रो लेगमा एपिएफले १०–० को फराकिलो जित निकाले हो। यसअघि एपिएफले वालिङलाई नै ९–० ले हराएको थियो। योसँगै वालिङले फाइनल चरणमै एपिएफबाट १९ गोल खाएको छ।
लगातार छैटौं जितसँगै शीर्षस्थानको एपिएफले ६ खेलमा १८ अंक पुर्याएको छ। वालिङ अंकविहीन छ । एपिएफलाई जित दिलाउन रश्मिकुमारी घिसिङले चार गोल गरिन्।
सरु लिम्बू र सविता रानामगरले समान दुई तथा प्रीति राई र रेनुका नगरकोटेले समान एक गोल गरे ।