काठमाडौं। एन्फा राष्ट्रिय महिला लिगमा बिहीबार सम्पन्न विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लबले नेपाल पुलिसलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न फाइनल चरणको दोस्रो लेगमा आर्मीले पुलिसलाई १–० ले पाखा लगाएको हो। रक्षक समीक्षा घिमिरेले गरेको आत्मघाती गोल नै निर्णायक बन्यो । योसँगै दोस्रो स्थानको आर्मीले ६ खेलमा १३ अंक पुर्याएको छ। पराजित पुलिसको समान खेलबाट १० अंक छ ।
इन्जुरी समयमा पुलिसकी समीक्षाबाट आत्मघाती गोल हुन पुगेको हो। अमिषा कार्कीको प्रहारलाई गोलकिपर उषा नाथले बचाए पनि राम्रोसँग नियन्त्रण हुन नसक्दा समीक्षालाई लाग्दै बल पोस्ट भित्र पुग्यो।