वालिङ। यु–१४ अन्तरस्कुल युथ लिग फुटबल प्रतियोगितामा श्री भुम्रे सेकेन्डरी स्कुलले लगातार दोस्रो जित निकालेको छ।
वालिङ फुटबल मैदानमा मंगलबार भएको खेलमा भुम्रेले शाइन भ्याली इन्टरनेसनल एकेडेमलाई १–० ले हराएको हो। भुम्रको जितमा आगमन नेपालीको गोल निर्णायक बन्यो।
हिलो खेलमा पनि आगमनकै दुई गोलमा भुम्रे ले पिस जोनलाई २–१ ले हराएको थियो। जितसहित भुम्रेले ६ अंक पुर्याएको छ।
अन्य खेलमा बालविद्या विकाश हाई स्कुलले आर्माडी इङ्लिस बोर्डिङ स्कलुलाई २–० ले हरायो। बालविद्याको जितमा निशान थापा र छिङङ गुरुले गोल गरे।
यस्तै, भुपु सैनिकाले द एक्सिलेन्ट बोर्डिङ स्कुललाई ६–१ ले पाखा लगायो। भुपु सैनिकको जितमा दर्शन श्रेष्ठले दुई गोल गरे। यस्तै, फलराज गुरुङ, किस्मत श्रेष्ठ, दीपक दर्जी र पुस्कर पंगेनीले एक/एक गोल थपे। एक्सिलेन्टका करन श्रेष्ठले गरेको गोल सान्त्वना रह्यो।
अन्य खेलमा पायनियर्स हाई एजुकेसन एकेडेमी र पूर्णामृत भवन तथा नेपाल आर्दश र गल्याङ भुपु सैनिक स्कुलले गोलरहित बराबरी खेले।