काठमाडौं। नेपालले किर्गिस्तानसँग खेल्दै घरेलु मैदानमा फोर नेसन्स कपको सुरुआत गर्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले फागुन ४ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा किर्गिस्तानसँग खेल्ने भएको हो। यो खेल साँझ ५:३० बजे हुनेछ। सोही दिन पहिलो खेलमा म्यानमार र लेबनान भिड्ने छन्।
त्यसको तीन दिनपछि नेपालले लेबनानलाई चुनौती पेस गर्नेछ। र, अन्तिम खेल फागुन २३ गते खेल्दै लिग चरण सक्काउने छ।
एन्फाका अनुसार लिगका शीर्ष दुई टोलीले फाइनल खेल्ने छन्। फाइनल खेल फागुन २६ गते साँझ ५:३० बजे हुनेछ। नेपालले खेल्ने सबै खेल यही समयमा हुने एन्फाले जनाएको छ।
एसियाकै प्रतिष्ठित महिला प्रतियोगिता एएफसी एसियन कप २०२६ को छनोटको तयारीमा रहेको नेपालले फ्रेबुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा यो कप खेल्न लागेको हो।