काठमाडौं। म्यानचेस्टर युनाइटेडविरुद्धको एफएकप तेस्रो राउन्डको खेलमा आर्सनल पूर्ण सेतो पोशाकमा मैदान उत्रिएको थियो।
पेनाल्टी सुटआउटमा युनाइटेडले ५–३ ले जितेको उक्त खेलमा आर्सनलका खेलाडी चक्कु अपराध र युवाहरूमा हुने हिंसाविरुद्धको अभियानअन्तर्गत सेतो पोशाक लगाएर मैदान उत्रिएका हुन्।
यो अभियान २०२२ मा सुरु गरिएको थियो। क्लबले चौथो सिजन परम्परागत रातो रङ हटाएर यस्तो पोशाकमा जनचेतना फैलाएको छ।
आर्सनलले उक्त सेतो पोशाक कहिल्यै पनि बिक्रीका लागि उपलब्ध नहुने जनाएको छ। ‘नो मोर रेड’ अभियानले फुटबल खेल्नका लागि सुरक्षित स्थान र समुदायमा विभिन्न गतिविधिहरूको आयोजनाका लागि लगानी गरेको छ।
‘हामीले युवाहरूलाई जीवनमा विभिन्न चुनौतीहरूको सामना गर्दा सुरक्षित स्थानहरूमा संलग्न गराउन लगानी गर्न जारी राख्नु महत्त्वपूर्ण छ। यहाँ विश्वास निर्माण गरिन्छ र हाम्रो स्टाफसँग सकारात्मक सम्बन्ध विकास हुन्छ,’ आर्सनल इन द कम्युनिटीका प्रमुख फ्रेड्डी हडसनले भने।