सोमबारदेखि यु–१४ अन्तर स्कुल युथ लिग
आइतबार, पुष २८, २०८१खेलपाटी संवाददाता

वालिङ। यु–१४ अन्तरस्कुल युथ लिग फुटबल प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ।
वालिङ युनाइटेड फुटबल क्लबको आयोजनामा हुने प्रतियोगितामा १४ टोली सहभागी हुनेछन्।
आयोजकका अनुसार पहिलो खेलमा पुल ‘बी’मा रहेका एभरग्रिन इङ्लिस बोर्डिङ स्कुल, स्याङ्जा र पायनियर्स हाई एजुकेसन एकेडेमी, वालिङ भिड्ने छन्।
प्रतियोगिताको विजेताले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले २० र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।








-1763904378702.png&w=3840&q=75)




