उपाधिका लागि कुसुन्ती र बिबिसी भिड्ने
आइतबार, पुष २८, २०८१खेलपाटी संवाददाता
-1736692535.jpeg&w=3840&q=75)
काठमाडौं। आयोजक कुसुन्ती ‘बी’ र बिबिसी भेट्रान दोस्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन्।
जावलाखेल मैदानमा भएको पहिलो सेमिफाइनलमा कुसुन्ती ‘बी’ ले थर्ड आई भेट्रानलाई ४–१ गोलले पराजित गर्यो। विजयी टिमका लागि कृष्णबहादुर राई, बुद्ध लामा, सुवास कार्की र सविन श्रेष्ठले समान १–१ गोल गरे। थर्ड आईका किरण केसीले सान्त्वना गोल गरे।
अर्को सेमिफाइनलमा बिबिसीले जोरपाटी एफसीलाई १–० गोलले हरायो। बिबिसीका नवीन न्यौपानेले निर्णायक गोल गरे। फाइनल सोमबार हुनेछ।








-1763904378702.png&w=3840&q=75)




