काठमाडाैं। आयोजक कुसुन्ती ‘बी’ दोस्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ।
जावलाखेल मैदानमा कुसुन्ती ‘बी’ ले चाबहिल भेट्रानलाई १–० गोलले पराजित ग¥यो। विजयी टिमका लागि सविन श्रेष्ठले निर्णायक गोल गरे।
थर्ड आई, जोरपाटी एफसी र बिबिसी भेट्रान पनि सेमिफाइनलमा पुगे। थर्ड आईले आईयुएफसीलाई १–० गोलले हरायो। शशि रिमालले निर्णायक गोल गरे।
जोरपाटीले एफसी सिलिंक हेटौंडा भेट्रानलाई २–० गोलले पन्छायो। बिबिसीले बिजी फुटसललाई २–० गोलले पाखा लगायो। नवीन न्यौपाने र दीपक लामाले समान १–१ गोल गरे। सेमिफाइनल थर्ड आई र कुसुन्ती ‘बी’ तथा बिबिसी र जोरपाटीबीच हुनेछ।