मछिन्द्रको जित, खुमलटारलाई अर्को धक्का
बिहिबार, पुष २५, २०८१खेलपाटी संवाददाता

काठमाडौं। दुई मिनेटमा दुई गोल गर्दै साबिक विजेता मछिन्द्र फुटबल क्लबले एन्फा यु १६ युथ लिगमा एफसी खुमलटारलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा मछिन्द्रले २-० को जित हात पारेको हो। मछिन्द्रको जितमा हिमाल थिङ र सौगातकुमार बोम्जोनले समान एक गोल गरे। खुमलटारको यो लगातार दोस्रो हार हो। मछिन्द्रको भने यो लगातार दोस्रो जित हो।
खेलको ८२औं मिनेटमा हिमालको गोलमार्फत मछिन्द्रले सुरुआती अग्रता लिएको थियो। त्यसको दुई मिनेटमै सौगातले अर्को गोल थपे।








-1763904378702.png&w=3840&q=75)




