काठमाडौं । रियल मड्रिडका स्टार भिनिसियस जुनियरले स्पेनिस लिगको दुई खेल गुमाउने भएका छन् ।
शुक्रबार भ्यालेन्सियाविरुद्ध रातो कार्ड खाएका भिनिसियसले घरेलु लिगको दुई खेल गुमाउने भएका हुन् ।
उनी अब रियल मड्रिडका लागि स्पेनिस सुपर कपमा मात्र उपलब्ध हुनेछन् । शुक्रबार भ्यालेन्सियाविरुद्ध प्राप्त २–१ को जितमा भिनिसियसले रातो कार्ड खाएका थिए ।
खेलमा १–० ले पछि परेको अवस्थामा गोलकिपरलाई प्रहार गरेका भिनिसियसले रातो कार्ड खाएका थिए । डिबक्सभित्र उनले भ्यालेन्सियाका किपरलाई डिबक्सभित्र धकेलेर लडाएका थिए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा लुका मोड्रिकले बराबरी गोल फर्काएका थिए भने जुड बेलिङ्घमले अतिरिक्त समयमा विजयी गोल गरेका थिए ।
खेलपछि प्रशिक्षक कार्लोस एन्सेलोटीले सो घटना रातो कार्ड नभएको र क्लबले अपिल गर्ने बताएका छन् ।