काठमाडौं। इङ्लिस लिग कपको सेमिफाइनलको पहिलो लेगमा न्युक्यासलले आर्सनललाई २–० ले पराजित गरेको छ। योसँगै न्युक्यासल सन् १९५५ पछि पहिलो ठूला घरेलु उपाधि जित्ने लक्ष्यमा एक कदम नजिक पुगेको छ।
एमिरेट्स स्टेडियममा भएका खेलमा न्युकेसलका अलेक्जान्डर इसाक र एन्थोनी गोर्डनले गोल गर्दै टिमलाई मार्चमा वेम्बली स्टेडियममा हुने फाइनलको नजिक पुर्याए। दोस्रो लेग भने फेब्रुअरी ५ मा सेन्ट जेम्स पार्कमा हुनेछ।
‘यो सानदार नतिजा हो। तर, यदि हामी फाइनलमा पुग्न सकेनौं भने यसले कुनै अर्थ राख्दैन,’ इसाकले भने। यो न्युकसलको सन् २०१० पछि एमिरेट्समा पहिलो जित थियो र आर्सनलको अप्रिलपछि घरेलु मैदानमा पहिलो पराजय।
इसाकले खेलको ३७औं मिनेटमा गोल गर्दै आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिए। यो उनको पछिल्ला १५ खेलमा १४औं गोल हो। ५१औं मिनेटमा आर्सनलका गोलकिपर डेविड रायाले इसाकको प्रहार रोके पनि रिबाउन्डमा गोर्डनले गोल गरे। सन् २०२१ मा साउदी अरेबियाको सम्पत्ति कोषद्वारा खरिद गरिए पनि न्युकसलले लगभग ७० वर्षयता कुनै ठूला घरेलु उपाधि जित्न सकेको छैन। तर, यो जितपछि क्लब २०२३ मा म्यानचेस्टर युनाइटेडसँग फाइनलमा पराजित भएपछि दोस्रो पटक लिग कपको उपाधिनजिक पुग्ने सम्भावना बलियो बनाएको छ।
न्युकसलले यस सिजन प्रिमियर लिगको पाँचौं स्थानमा बसेर च्याम्पियन्स लिगमा पुनः प्रवेशका लागि संघर्ष गरिरहेको छ। युरोपियन क्लब फुटबलको उच्च स्तरमा स्थान बनाउन टिम केवल एक अंकले बाहिर छ। इडी हाउको नेतृत्वमा रहेको न्युकेसलको यो लगातार सातौं जित हो।