पिएसजीले १३औंपल्ट जित्यो फ्रेन्च सुपर कप
सोमबार, पुष २२, २०८१खेलपाटी संवाददाता

काठमाडौं। ओस्माने डेम्बेलेले इन्जुरी समयमा गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मोनाकोलाई १–० ले पराजित गर्दै फ्रेन्च सुपर कप जितेको छ।
कतारको दोहास्थित रंगशाला ९७४ मा भएको खेलको अतिरिक्त समयको दोस्रो मिनेटमा फाबियन रुइजको बायाँबाट आएको लो क्रसमा अनमार्क फ्रान्सका विंगरले गोल गरेका थिए।
पिएसजीले लगातार तेस्रो तथा समग्रमा यो १३औं फ्रेन्च सुपर कप उपाधि जितेको हो। पिएसजीले गत सिजन लिग र कपको उपाधि जितेको थियो भने मोनाको लिगको दोस्रो स्थानमा थियो।
पिएसजीका प्रशिक्षक लुइस एनरिकले भने,‘यो नतिजाले हाम्रो प्रभुत्व झल्काउँछ।’








-1763904378702.png&w=3840&q=75)




