अष्ट्रेलियन ओपनको फाइनलमा जोकोभिक र नाडाल भिड्ने
शुक्रबार, ११ माघ २०७५खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोभिक अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेको छ ।
मेलबर्नमा शुक्रबार भएको सेमिफाइनलमा फ्रान्सका लुकास पाउलेलाई हराउदै जोकोभिक फाइनलमा पुगेका हुन् ।
मेलबर्न पार्कमा ६ पटकको च्याम्पियन सर्बियन जोकोभिकले पाउलेलाई ६-०,६-२ र ६-२ को सेटमा पराजित गरे ।
अब जोकोभिकले उपाधिका लागि स्पेनिस राफायल नाडालसंग खेल्नेछ । नाडाल ग्रीसका स्टेफानोस सिट्सीपासलाई पराजित गर्दै फाइनलमा पुगिसकेका छन् ।








-1771251202949.avif&w=3840&q=75)





%20(1)-1771145193825.jpeg&w=3840&q=75)
