धरान । डिपो स्कुलको आयोजनामा आयोजित १९ औं अम्वर ललित डिपो कपको फाइनलमा आयोजक डिपो रेड र पुलिस स्कुल भिड्ने भएको छ ।
वुधवार भएको सेमिफाइनल खेलमा डिपो स्कुलले इमानुयल स्कुललाई ५–१ र पुलिस स्कुलले दिल्ली पव्लिक स्कुललाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेका हुन् ।
पहिलो सेमिफाइनल खेलमा डिपो स्कुलका रिदम विक एक्ल्लैले ३ गोल गर्दै ह्याट्रिक गरेका थिए । डिपोका अगत्य पराजुलिले २ गोल गरे । इमनुयलका सौगात श्रेष्ठले सान्तावना स्वरुप १ गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच इमानुयलका सौगात श्रेष्ठ घोषित भए ।
दोस्रो सेमिफाइनल खेलमा पुलिसका अंशु वास्फोरले दुई र युगल विकले १ गोल गरे । दिल्ली पव्लिकका तर्फबाट रोहन लिम्वुले १ गोल फर्काएका थिए ।
खेलको म्यान अफ द म्याच दिल्ली पव्लिकका रेवन राई घोषित भए । उनीहरुलाई प्रतियोगिताका संयोजक डिपो स्कुल व्यवस्थापन समिति सदस्य द्धिपराज राईले ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । डिपो र पुलिस स्कुलले उपाधिका लागि शुक्रवार प्रतिस्पर्धा गर्नेछन् ।
उपाधि विजेताले नगद ११ हजार १ सय ११ रुपैयाँ, दोस्रोले नगद ७ हजार १ सय ११ र तेस्रो हुनेले नगद ५ हजार १ सय ११ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
आयोजक डिपो पहेलो र जलसाय स्कुल फाइनलमा
डिपो कपको पहिलो चरणमा पराजितहरुको प्रतियोगिता प्लेट च्याम्पियनतर्फ आयोजक डिपो स्कुल पहेलो र जलसाय स्कुल फाइनल पुगेका छन् ।
वुधवार भएको सेमिफाइनल खेलमा डिपो पहेलोले आइडल स्कुललाई टाइव्रेकरमा ३–१ गोल गर्दै फाइनल पुगेका छन् । निर्धारित समयमा डिपो पहेलो र आइडियल स्कुलले १–१ गोल गरेपछि खेल टाईब्रेकरमा गएको थियो ।
खेलमा डिपोका सेसेहाङ राई र आइडियलका रिकेश खत्रिले गोल गरेका थिए । टाइब्रेकरमा डिपोका साइमन पाख्रिन, निकेश विक र नवदिप राईले गरेका थिए भने आयडलका सन्जिव वास्तोलाले मात्र गोल गर्न सफल भएका थिए ।
दोस्रो सेमिफाइनल खेलमा जलसाय स्कुलले नोवेल एकेडेमीलाई २–१ गोल अन्तरले हराउँदै फाइनमा प्रवेश गरेका हुन् । खेलमा जलसायका तर्फबाट दुवै गोल प्रनिश राईले गरेका थिए । नोवेल एकेडेमीकातर्फबाट साहिल राईले १ गोल फर्काए ।