काठमाडौं। एसियाकै प्रतिष्ठित महिला प्रतियोगिता एएफसी एसियन कप २०२६ को छनोटको तयारीमा रहेको नेपालले घरेलु मैदानमा फोर नेसन्स कप खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार फागुनमा नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फोर नेसन्स कप खेल्ने पक्का भएको हो।
फागुन ४ गतेदेखि १५ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेवनान र म्यानमार भिड्न छन्। यी खेल फ्रेबुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा खेलाउन लागिएको एन्फाले जनाएको छ।