पुलिसलाई हराउँदै एनआरटी बन्यो उपविजेता
मंगलबार, पुष १६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। लिग विजेता नेपाल पुलिस क्बलमाथि पुनरागमन जित हासिल गर्दै न्युरोड टिम (एनआरटी) ललित स्मृति एन्फा यु–१८ युथ लिगमा उपविजेता बनेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार भएको खेलमा लिग जितिसकेको विभागीय टोली नेपाल पुलिस क्लबलाई अन्तिम खेलमा २–१ ले पराजित गर्दै एनआरटी दोस्रो स्थान हात पार्न सफल भएको हो।
योसँगै लिग विजेतासँग एक अंकले पछि परेको एनआरटीले २२ खेलबाट ४७ अंक जोड्यो। एनआरटीभन्दा दुई अंक कम जोडेको संकटा तेस्रो भयो।
संकटाले मंगलबार नै भएको अन्तिम खेलमा एपिएफलाई ३–१ ले पराजित गरेको थियो।
कप्तान सुवास बमले खेलको नवौं मिनेटमा पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए। तर, दोस्रो हाफको अतिरिक्त समयमा पुकार गोलेले गोल गर्दै एनआरटीलाई खेलमा फर्काए। ५४औं मिनेटमा अजित तामाङले गोल गर्दै एनआरटीको जित पक्का गरे।








-1763904378702.png&w=3840&q=75)




