काठमाडौं। म्यानचेस्टर युनाइटेडका डिफेन्डर म्याथिज डी लिग्ट बक्सिङ डेमा वुल्भ्सविरुद्धको खेलमा उपलब्ध हुने अपेक्षा गरिएको छ।
रेड डेभिल्सले हालैका खेलमा संघर्ष गरेको छ। काराबाओ कपको क्वार्टरफाइनलमा टोटनह्यामसँग र त्यसपछि बोर्नमाउथसँग ३–० को निराशाजनक हार बेहोरेपछि युनाइटेड संकटमा छ। यी दुबै खेल डी लिग्टले खेल्न सकेनन्। प्रिमियर लिगमा डच डिफेन्डरको अनुपस्थितिमा युनाइटेडले रक्षात्मक रूपमा चुनौती सामना गरिरहेको छ, जसले आठ गोल खाएर दबाब झेलेको छ।
युनाइटेडका प्रशिक्षक रुबेन अमोरिमले भन्छन्, ‘डी लिग्ट फिट भएर टोलीमा फिर्ता हुने हो भने रक्षात्मक क्षमता बढाउने अवसर हुनेछ।’ भिक्टर लिन्डेलोफ, ल्यूक शा र मेसन माउन्ट चोटका कारण वुल्भ्सविरुद्ध अनुपस्थित रहनेछन्।
टिम व्यवस्थापन र चोटसम्बन्धी प्रश्नमा बोल्दै अमोरिमले भने, ‘अहिले खेलाडीको फिटनेसलाई ध्यान दिने र सन्तुलन मिलाउने समय हो। म चाहन्छु कि चोट नलागोस् र सबै खेलाडी उपलब्ध रहून्। ठूला क्लबविरुद्ध खेल जित्न आवश्यक छ, तर चोट व्यवस्थापन पनि उत्तिकै महत्त्वपूर्ण छ।’
चोटपछिको पुनरागमनमा रहेको कोब्बी मैनुले पनि हालैका खेलमा प्रभावकारी प्रदर्शन गरेका छन्। खेलको व्यस्ततालाई ध्यानमा राख्दै टिमको रोटेशन महत्त्वपूर्ण रहेको प्रशिक्षक अमोरिम बताउँछन्।
‘रासमस होजलुन्डले लगातार दुई खेल खेलेका छन्, तेस्रो खेलमा पनि उनी आवश्यक छ। तर, नयाँ खेलाडीको महत्व महसुस भइरहेको छ। म केवल खेल जित्ने प्रयासमा केन्द्रित छु र टोलीलाई दीर्घकालीन योजनासँग पनि सन्तुलित बनाइरहेको छु,’ उनले भने।