आइतबार, मंसिर ८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

लुम्बिनी कप महिला फुटबल फागुन १९ देखि 

मंगलबार, पुष ९, २०८१खेलपाटी संवाददाता
लुम्बिनी कप महिला फुटबल फागुन १९ देखि 
Classic Tech Internet Ad

नेपालगन्ज। लुम्बिनी कप महिला फुटबल आगामी फागुन १९ गतेदेखि नेपालगन्जमा हुने भएको छ। 

अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा  नेपालगन्ज स्थित महेन्द्र रंगशालामा हुने उक्त फुटबलमा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुनेछन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजकलाई सोमवार पत्र मार्फत  लुम्बिनी कप महिला फुटबल सञ्चालनका लागि  फागुन १९ देखि २९ गतेको समय दिएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए। 

यस प्रतियोगिताले बाँके र यस क्षेत्रमै नयाँ प्रतिभाहरू आउने विश्वास व्यक्त गर्दै अध्यक्ष शाहीले बाँके जिल्ला फुटबल संघ लुम्बिनी कपलाई सफल पार्न जुटिसकेको बताए।

यसअघि गत मंसिर १६ गते नेपाली महिला फुटबल राष्ट्रिय टिमकी पहिलो क्याप्टेन रमा सिंह र वर्तमान क्याप्टेन एन्जिला तुम्वापो सुब्बाले संयुक्त रूपमा राजधानी काठमाण्डौंमा लुम्बिनी कपको लोगो सार्वजनिक गरेका थिए।  लोगोमा शान्तिका अग्रदूत भगवान् गौतमबुद्ध र महिला फुटबल खेलाडीको इमेज राखिएको छ भने नेपाली राष्ट्रिय झन्डाको रङ्ग नीलो र सिम्रिक रातो प्रयोग गरिएको छ। 

सो अवसरमा दुवै क्याप्टेनले खुसी व्यक्त गर्दै प्रतियोगिता महिला फुटबलको विकासकालागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए। आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले एन्फालाई विशेष धन्यवाद दिँदै बाँके जिल्ला फुटबल संघ र अन्तरालको संयुक्त प्रयासबाट लुम्बिनी कपले साकार रूप लिन लागेको बताए। 

लुम्बिनी कप महिला फुटबल पश्चिम नेपालकै गर्व गर्न लायक इभेन्ट बन्ने निश्चित छ´ शाहले भने 'फुटबल मात्रै होइन, पश्चिम नेपालकै पर्यटन विकासमा समेत यो कोशेढुंगा बन्नेछ। प्रतियोगिता सफल पार्न बाँके र लुम्बिनी प्रदेशका सरोकारवाला सबैलाई हार्दिक अपिल गर्दछौं´  

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सिरिजंघाको विजयी सुरुआत

सिरिजंघाको विजयी सुरुआत

 चर्च ब्वाइज गभनर्स गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरियो

चर्च ब्वाइज गभनर्स गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरियो

एन्फा र क्लब फकाउने, खेलाडीहरू नमान्ने  !

एन्फा र क्लब फकाउने, खेलाडीहरू नमान्ने !

Bajaj Pulsar Motorcycle Ad
विश्व पावरलिफ्टिङमा नेपालका २८ खेलाडी

विश्व पावरलिफ्टिङमा नेपालका २८ खेलाडी

सिरिजंघाको विजयी सुरुआत

सिरिजंघाको विजयी सुरुआत

 कुन्वरवर्ती र नवीनलाई  यु–१४ इन्टर स्कुल फुटबलको उपाधि

कुन्वरवर्ती र नवीनलाई यु–१४ इन्टर स्कुल फुटबलको उपाधि

 चर्च ब्वाइज गभनर्स गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरियो

चर्च ब्वाइज गभनर्स गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरियो

एन्फा र क्लब फकाउने, खेलाडीहरू नमान्ने  !

एन्फा र क्लब फकाउने, खेलाडीहरू नमान्ने !

बंगलादेशमा नेपाललाई रग्बी सिरिजको उपाधि

बंगलादेशमा नेपाललाई रग्बी सिरिजको उपाधि

महिला टिम, पुरुष म्यानेजर !

महिला टिम, पुरुष म्यानेजर !

एनपीएलमा सट्टाबाजी, धमाधम पक्राउ पर्दै भारतीय नागरिक

एनपीएलमा सट्टाबाजी, धमाधम पक्राउ पर्दै भारतीय नागरिक