काठमाडौं। सातदोबाटो युथ क्लबलाई पराजित गर्दै न्युरोड टिम (एनआरटी) ले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा दोस्रो स्थान बलियो बनाउने सम्भावना जिवितै राखेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एनआरटीले सातदोबाटोलाई ६–१ ले पराजित गरेको हो। जितसँगै एनआरटीले २१ खेलबाट ४४ अंक पुर्याएको छ। उसले अन्तिम खेल लिग च्याम्पियन नेपाल पुलिस क्लबसँग खेल्ने छ। उक्त खेलमा जित हात पारे पनि ४८ अंक जोडिसकेको पुलिसलाई केही समस्या हुने छैन।
अंक तालिकाको पुछारमा रहेको सातदोबाटोको भने यो १४औं हार हो। दुई जित मात्रै निकाल्न सकेको सातदोबाटो ११ अंकसहित १२औं स्थानमै छ।
एनआरटीको जितमा सन्तोष गोङ्बाले ह्याट्रिक गरे। एनआरटीले सन्तोष र ईशान साहको समान दुई र विनायक थारुको एक गोलसँगै पहिलो हाफमै ५–० को अग्रता लिएको थियो।
दोस्रो हाफमा सन्तोषले एक गोल गर्दा निशान थापामगरले अर्को गोल सातदोबाटोलाई उपहार दिए।