काठमाडौं। थ्री स्टार क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिग विभागीय टोली नेपाल एपिएफ क्लबलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा थ्री स्टारले एपिएफलाई २–० ले पराजित गरेको हो। जितसँगै २० खेलमा ३७ अंक जोडेको थ्री स्टार चौथो स्थानमा छ। पराजित एपिएफ समान खेलबाट २९ अंकका साथ छैटौं स्थानमा स्थानमा छ।
पहिलो हाफको इन्जुरी समयमा कालीबहादुर थापाको पेनाल्टी गोलमार्फत थ्री स्टारले सुरुआती अग्रता लिएको थियो। खेलको इन्जुरी समयमा विजय उराउले गोल गर्दै थ्री स्टारको जित पक्का गरे।