काठमाडौं। चर्च बोइजलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लबले एक खेलअगाबै ललित स्मृति एन्फा यु-१८ युथ लिग जितेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसले चर्च बोइजलाई २-१ ले हराएको हो। जितसँगै शीर्ष स्थानको पुलिसले २१ खेलबाट ४८ अंक जोडेको छ। पुलिसले लिगको अन्तिम खेल एनआरटीसँग खेल्ने छ। एनआरटीले ४१ र संकटाले ३९ अंक जोडेका छन्।
पुलिसले विक्रम गौतमको गोलमार्फत २८ सकेन्डमै सुरूआती लिएको थियोे। ४३औं मिनेटमा कप्तान सुवास बमले अर्को गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए। दोस्रो हनफको इन्जुरी समयमा निमा पाख्रिले गोल गरेपनि चर्च बोइजलाई पर्याप्त बनेन।