आइतबार, मंसिर ८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

एनआरटीलाई पराजित गर्दै चर्च बोइजले जित्यो झापा कप

सोमबार, पुष ८, २०८१खेलपाटी संवाददाता
एनआरटीलाई पराजित गर्दै चर्च बोइजले जित्यो झापा कप
Classic Tech Internet Ad

काठमाडौं। अर्मान्ड बिडोमको दुई गोलसँगै न्युरोड टिम (एनआरटी)लाई पराजित गर्दै झापा कपको उपाधि चर्च बोइज युनाइटेडले जितको छ। 

विर्तामोडस्थित डोमालाल रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा चर्च बोइजले एनरआटीलाई ३–१ ले पराजित गरेको हो। योसँगै चर्च बोइजले १० लाख रुपैयाँ हात पारेको छ। उपविजेता एनआरटीले भने पाँच लाख रुपैयाँमा चित्त बुझाएको छ। 

२१औं मिनेटमै चर्च बोइजले सुरुआती अग्रता लिएको थियो। समिर तामाङले मैदानको मध्यभागबाट सिंगल खेल्दै गोलरक्षकको हातबाट फुत्किएको बललाई वान टचमा जाली चुमाए। ४३औं मिनेटमा अर्मान्डले चर्च बोइजले अग्रता दोब्बर बनाए। रोहन कार्कीले डिबक्समा मिलाइदिएको पासलाई डिबक्समा अनमार्क रहेका उनले गोल गरे।

त्यसलगत्तै एनआरटीले गोल फर्कायो। विदेशी खेलाडी कार्लोसले दिएको क्रसमा कप्तानसमेत रहेका अञ्जन विष्टले गोल गर्दै नतिजा २–१ ल्याए। खेलको अतिरिक्त समयमा समीरको पासमा अर्मान्डले गोल गर्दै चर्च बोइजको जित सुनिश्चित पारे। खेलको प्लेयर अफ द म्याच चर्च बोइजका समीर घोषित भए। उनले १० हजार रुपैयाँ पुरस्कार पाए।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्च बोइजका क्रिशल मोक्तान, प्रतियोगितामा सर्वाधिक गोलकर्ता एनआरटीका अञ्जन, झापा ट्यालेन्टका रुपमा छनोट भएका झापा–११ का प्रदीप बुढाथोकीले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाए।

मोस्ट भ्यालुएबल प्लेयर चर्च बोइजका रोहण भए। उनले एक लाख रुपैयाँ पुरस्कार पाए। यसैबीच, झापा–११ एफसीका व्यवस्थापक गोपाल राईलाई क्लबले २५ हजार रुपैयाँसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको थियो।

गत शनिबार एनआरटीले राष्ट्रिय जागृति क्लबलाई ३–० ले टाइब्रेकरमा हराउँदै चर्च बोइजसँगको उपाधि भिडन्त पक्का पारेको हो। चर्च बोइजले भने फाइनल प्रवेश गर्न सिराहाको सहलेश फुटबल क्लबलाई पराजित गरेको थियो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सिरिजंघाको विजयी सुरुआत

सिरिजंघाको विजयी सुरुआत

 चर्च ब्वाइज गभनर्स गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरियो

चर्च ब्वाइज गभनर्स गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरियो

एन्फा र क्लब फकाउने, खेलाडीहरू नमान्ने  !

एन्फा र क्लब फकाउने, खेलाडीहरू नमान्ने !

Bajaj Pulsar Motorcycle Ad
विश्व पावरलिफ्टिङमा नेपालका २८ खेलाडी

विश्व पावरलिफ्टिङमा नेपालका २८ खेलाडी

सिरिजंघाको विजयी सुरुआत

सिरिजंघाको विजयी सुरुआत

 कुन्वरवर्ती र नवीनलाई  यु–१४ इन्टर स्कुल फुटबलको उपाधि

कुन्वरवर्ती र नवीनलाई यु–१४ इन्टर स्कुल फुटबलको उपाधि

 चर्च ब्वाइज गभनर्स गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरियो

चर्च ब्वाइज गभनर्स गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरियो

एन्फा र क्लब फकाउने, खेलाडीहरू नमान्ने  !

एन्फा र क्लब फकाउने, खेलाडीहरू नमान्ने !

बंगलादेशमा नेपाललाई रग्बी सिरिजको उपाधि

बंगलादेशमा नेपाललाई रग्बी सिरिजको उपाधि

महिला टिम, पुरुष म्यानेजर !

महिला टिम, पुरुष म्यानेजर !

एनपीएलमा सट्टाबाजी, धमाधम पक्राउ पर्दै भारतीय नागरिक

एनपीएलमा सट्टाबाजी, धमाधम पक्राउ पर्दै भारतीय नागरिक