काठमाडौं। अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको एफसी खुमलटारलाई पराजित गर्दै संकटा फुटबल क्लब झिनो आशसहित ललित स्मृति एन्फा यु–१८ युथ लिगको उपाधि दौडमा आफूलाई कायम राखेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा संकटाले खुमलटारमाथि ७–० को एकपक्षीय जित निकालेको हो।
योसँगै तेस्रो स्थानमा रहेको संकटाले २० खेलबाट ३९ अंक पुर्याएको छ। तर, संकटा शीर्ष स्थानको नेपाल पुलिसभन्दा ६ र दोस्रो स्थानको न्युरोड टिम (एनआरटी) भन्दा दुई अंकले पछि छ। पुलिसले चर्च बोइज युनाइटेडलाई पराजित गरे मंगलबार नै उपाधिको टुंगो लाग्नेछ। तर, उक्त खेलमा रोकिए पुलिस रोकिए एनआरटीसँगै संकटा उपाधि दौडमा रहिरहने छन्।
संकटाको जितमा दिलन लिम्बू र कृष्णबहादुर आलेले समान दुई गोल गरे। यस्तै, अनिश थापामगर, एकराज विश्वकर्मा र आदित्य चौधरीले समान एक गोल थपे।