काठमाडौं। मच्छिन्द्र फुटबल क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा सोमबार चर्च बोइज युनाइटेडविरुद्ध रोमाञ्चक जित दर्ता गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मच्छिन्द्रले चर्च बोइजलाई २–१ ले हराएको हो। चौथो स्थानको मच्छिन्द्रले जितसँगै २० खेलबाट ३४ अंक पुर्याएको छ। पराजित चर्च बोइज समान खेलबाट २२ अंकका साथ नवौं स्थानमा छ।
२३औं मिनेटमा रोनिक रानामगरको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो। ३६औं मिनेटमा सन्दीप पेनाल्टीमा चुक्दा चर्च बोइजले खेलमा फर्किने अवसर गुमायो।
तर, सन्दीप ठाडामगरले नै पहिलो हाफको निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा अर्को पेनाल्टीमा गोल गर्दै चर्च बोइजलाई खेलमा फर्काए। इन्जुरी समयमा उत्तरबहादुर बुढाथोकीले गोल गर्दै मच्छिन्द्रलाई २–१ को रोमाञ्चक जित दिलाए।