काठमाडौं। यदि यो लिभरपुलमा मोहम्मद सलाहको अन्तिम सिजन हो भने, उनी धमाकेदार प्रदर्शनसाथ बिदा हुने संकेत देखाइरहेका छन्।
इजिप्टका फरवार्डले आइतबार टोटनह्याममाथि लिभरपुलको ६–३ को जितमा दुई गोल गर्नुका साथै थप दुई गोल गरे। योसँगै उनी प्रिमियर लिगको सिजनमा क्रिसमसअघि नै गोल र असिस्ट दुवैका लागि दोहोरो अंकमा पुग्ने पहिलो खेलाडी बनेका छन्।
सालाहले भने, ‘मैले खेलअघि यसबारे सोचेको थिइनँ। तर यो यस्तो कुरा हो जसले मलाई खुसी दिलाउँछ। म कडा मिहिनत गरिरहन्छु।’ सालाहले १५ गोल गरेका छन्। उनीभन्दा पछि म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड (१३ गोल) छन्। थिए ।
सन् २०१७–१८ मा प्रिमियर लिगमा सलाह सर्वाधिक गोलकर्ताका बनेका थिए। उनले उक्त सिजनसहित सन् २०१८–१९ र २०२१–२२ मा गोल्डेन बुट जितेका थिए । यो सिजनको उत्कृष्ट प्रदर्शनले उनलाई फेरि एकपटक शीर्ष गोलकर्ताको सूचीमा पुनः अग्रस्थानमा राख्ने सम्भावना देखिएको छ।
सलाहको सम्झौता सिजनको अन्त्यमा सकिँदैछ। खेलपछि भविष्यबारे सोध्दा उनले बताउन चाहेनन्। उनको यो मौनताले सम्भावित प्रस्थानबारे अझै पनि स्पष्टता नभएको संकेत गरेको छ।
यो सिजन उनले प्रदर्शन गरिरहेको उच्चस्तरलाई हेर्दा चाहे लिभरपुल होस् वा कुनै नयाँ क्लब सालाहले मैदानमा आफ्नो प्रभावपूर्ण खेललाई निरन्तरता दिनेमा कुनै शंका छैन।