मच्छिन्द्र फाल्गुनन्द गोल्डकपको क्वार्टरफाइनलमा
आइतबार, पुष ७, २०८१खेलपाटी संवाददाता
-1734879364.jpg&w=3840&q=75)
पाँचथर। बिजु भुजेलको दुई गोलसँगै मच्छिन्द्र फुटबल क्लब पाँचथरको फिदिममा ११औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
फिदिम माविको खेल मैदानमा आइतबार सम्पन्न खेलमा मच्छिन्द्रले झापा–११ फुटबल क्लबमाथि ५–० को फराकिलो जित निकालेको हो।
खेलमा मच्छिन्द्रले झापा–११ माथि गोल फर्काउने कुनै मौका दिएन। देवेन्द्र तामाङ, उत्सव राई र बिजु भुजेलले गोल गर्दै मच्छिन्द्ररलाई पहिलो हाफमा तीन गोलको अग्रता दिलाए।
दोस्रो हाफमा सौरभ सुब्बा र पुनः बिजुले गोल गर्दै मच्छिन्द्रलाई फराकिलो जित दिलाए। खेलको म्यान अफ द म्याच मच्छिन्द्रका बिजु घोषित भए। उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।








-1763904378702.png&w=3840&q=75)




