काठमाडौं। सन्तोष गोङ्बाको ह्याट्रिकसँगै न्युरोड टिम (एनआरटी) ललित स्मृति एन्फा यु-१८ युथ लिगको दोस्रो स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार सम्मपन्न खेलमा जावलाखेल युथ क्लबमाथि ५-२ को पुनरागमन जित दर्ता गर्दै एनआरटीले आफ्नो स्थान सुधार गरेको हो। जितसँगै एनआरटीले २० खेलमा ४१ अंक जोडेको छ। पराजित सातदोबाटो समान खेलबाट ११ अंकाका साथ ११औं पुछारमा छ।
खेलको दोस्रो मिनेटमै सन्देश थोकरको गोलमार्फत सातदोबाटोले सुरुआती अग्रता लिएको थियो। २६औं मिनेटमा उनलै टोलीको अग्रता दोब्बर बनाए।
३३औं मिनेटमा सन्तोषले गोल गर्दै एनआरटीलाई २१ मा ल्याए। पहिलो हाफको इन्जुरी समयमा इशान थापाले एनआरटीका लागि बराबरी गोल फर्काए।
५८ र ७४औं मिनेटमा गोल गर्दै सन्तोषले ह्याट्रिक पूरा गरे। खेलको इन्जुरी समयमा इशान शाहले गोल गर्दै एनआरटीलाई ५-२ को फराकिलो जित दिलाए।