काठमाडौं। सुरुआती अग्रता जोगाउन नसक्दा नेपाली यु-१९ फुटबल टोली भुटानसँगको मैत्रीपूर्ण बराबरीमा रोकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा भुटानसँग नेपाल १-१ गोलको बराबरीमा रोकिएको हो। माथिल्लो उमेरसमूहमा नेपालले भुटानसँग पहिलो गोल खाएको हो र पहिलो बराबरी खेलेको हो।
दोस्रो हाफ सुरू भएको दोस्रो मिनेटमै नेपालले सुशील केसीको गोलमार्फत सुरूआती अग्रता लिएको थियोे। भुटान डिफेन्डरको खराब क्लियरेन्सको फाइदा उठाउँदै सुशीलाले वान टर्चमा डिबक्स बाहिरबाट टप कर्नरमा गोल गरिन्।
तर, उक्त अग्रता नेपालले अन्तिमसम्म कायम राख्न सकेन। निर्धारण समय सकिन नौ मिनेट बाँकी रहँदा फुन्टोस छोडेनले गोल गर्दै भुटानलाई खेलमा फर्काइन्। उनले प्रीया घलेको क्रसमा उनले गोल गरेकी थिइन्।