काठमाडौं। इभान जुरिक शनिबार इङ्लिस प्रिमियर लिग क्लब साउथह्याम्प्टनको प्रशिक्षकमा नियुक्त भएका छन्। क्लबलाई प्रिमियर लिगमै राख्ने उनलाई चुनौती छ। १६ खेल खेलेको साउथह्याम्प्टन पाँच अंकसहित पुछारमा छ।
उनले जुरिकले रसेल मार्टिनलाई प्रतिस्थापन गरेका छन्, जसलाई टिम तालिकाको पुछारमा रहेकाले गत हप्ता बर्खास्त गरेको थियो।
४९ वर्षीय जुरिकले १८ महिनाको सम्झौतामा हस्ताक्षर गरेका छन्। यसअघि इटालियन जायन्ट रोमामा उनले दुई महिनाका लागि प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।
साउथह्याम्प्टनले आफ्नो पछिल्ला सातमध्ये ६ खेलमा हार बेहोरेको छ र सुरक्षा स्थानभन्दा नौ अंक पछाडि छ।
‘यो साँच्चिकै ठूलो चुनौती हो, तर म धेरै सकारात्मक छु। मैले टिमलाई राम्रो गर्न सक्ने देखेको छु,’ जुरिकले भने, ‘म एक आक्रामक टिम चाहन्छु र मलाई लाग्छ साउथह्याम्प्टनका सर्मथकले त्यसलाई मन पराउनेछन्।’