काठमाडौं। इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका सेन्टर ब्याक जोन स्टोन्स घाइते भएका छन्।
भिल्ला पार्कमा शनिबार राति भएको खेलमा एस्टन भिल्लासँग २–१ ले पराजित हुँदा उनी घाइते भएका हुन्। एक महिनापछि पहिलो पटक मैदान प्रवेश गरेका इङ्ल्यान्डका खेलाडीलाई खुट्टाको समस्याका कारण हाफ टाइममा प्रतिस्थापन गरिएको थियो।
सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘उनको चोट फेरि बल्झियो।’ चार पटकको डिफेन्डिङ च्याम्पियन सिटीले यस सिजन खराब प्रदर्शन जारी राखेको छ। पछिल्ला १२ मध्ये ९ खेलमा सिटीले हार बेहोरेको छ। मांसपेशीको चोटका कारण रुबेन डायस चार हप्तासम्म मैदानबाहिर रहने शुक्रबार पुष्टि भएको थियो। ग्वार्डिओलाले शनिबार भनेका छन्, ‘हामीसँग एक जना मात्र सेन्ट्रल डिफेन्डर फिट छन्।’