काठमाडौं। नापोलीले सिरी ‘ए’ मा जेनोआलाई २–१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ।
दोस्रो हाफमा नेपोलीका लागि निर्णायक बचाउ प्रदर्शन गर्दै गोलकिपर मेरेटले टोलीलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेले। यसैबीच, फ्रान्क एन्गुइसा र अमिर ररहमानीले नेपोलीका लागि हेडरमार्फत दुई गोल गरेका थिए। योसँगै नेपोलीले १७ खेलबाट ३८ अंक पुर्याएको छ।
जेनोआका पिनामोन्टीले दोस्रो हाफको ६ मिनेटमै गोल फर्काएर टोलीलाई खेलमा ल्याउन प्रयास गरेका थिए। तर, गत महिना प्रशिक्षकको रूपमा प्याट्रिक भिएरालाई नियुक्त गरेपछि घरेलु मैदानमा जेनोआले पहिलो हार बेहोर्न पुग्यो।
यो खेल जेनोआका लागि रोमानियाली व्यवसायी डान सुकुको स्वामित्वमा खेलेको पहिलो खेल थियो। हारसँगै जेनोआ १७ खेलबाट १६ अंक जोड्दै सिरी ‘ए’ को १३औं स्थानमा छ, तर रेलिगेसन जोनभन्दा मात्र दुई अंकले माथि छ।
यस जितसँगै नापोली आइतबार एम्पोलीविरुद्ध खेल्ने एटलान्टाभन्दा एक अंकले अघि रहँदै शीर्ष स्थानमा पुगेको छ।