काठमाडौं। कुनै पनि ब्याटरले ठूलो इनिङ्स कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल प्रवेश गर्न जनकपुर बोल्ट्सलाई ११९ रनको सामान्य लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो। निर्धारित २० ओभरमा ब्याटिङ गरेको कर्णालीले नौ विकेट गुमाउँदै ११८ रन बनाउन सक्यो।
कर्णालीका फिनिसर गुल्शनकुमार झाले २५ रन बनाए। २० बल खेलेका उनले एक चौका र दुई छक्का प्रहार गरे। यो नै कर्णालीका ब्याटरले बनाएको सर्वाधिक रन हो। उनीबाहेक ओपनर देव खनाल २४, विलियम बसिस्टो १४, जिशन मक्शूद युनिस ठकुरीले समान १२ र चाड्विक वाल्टन ११ ले बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
जनकपुरका ललितनरायण राजवंशी, जिमी निसम र मोहम्मद मोहसिनले समान दुई विकेट लिए। हर्ष ठाकर र शेर मल्लको नाममा समान एक विकेट रह्यो।