बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

विनोदको सानदार प्रदर्शनसँगै सुदूरपश्चिम फाइनलमा

बुधबार, पुष ३, २०८१खेलपाटी संवाददाता
विनोदको सानदार प्रदर्शनसँगै सुदूरपश्चिम फाइनलमा
Classic Tech Internet Ad

काठमाडौं। विनोद भण्डारीको उत्कृष्ट प्रदर्शनसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ।

बुधबार भएको क्वालिफायर १ मा जनकपुर बोल्ट्सलाई आठ विकेटले पराजित गर्दै सुदूरपश्चिम उपाधिनजिक पुगेको हो। यससँगै लिगचरणमा ७२ रनको फराकिलो हारको बदला लिन खोजेको जनकपुरको लक्ष्य असफल रह्यो। योसँगै जनकपुरले फाइनल प्रवेश गर्न क्वालिफायर २ मा अब कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ। कर्णालीले इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले हराउँदै क्वालिफायर २ मा स्थान बनाएको थियो।

जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले आठ बल बाँकी रहँदा दुई विकेट गुमाएर १४१ रन बनायो।

सुदूरपश्चिमका विनोदले अविजित रहँदै सर्वाधिक ५८ रन बनाए। ५५ बल खेलेका उनले तीन चौका र तीन छक्का प्रहार गरे। जारी प्रतियोगितामा उनको यो पहिलो अर्धशतक हो। कप्तान दीपेन्द्र २० रनमा अविजित रहे।

सैफ जैब र विनोदले सुरुआतमै सुदूरपश्चिमलाई राम्रो सुरुआत दिलाएका थिए। यी दुई ब्याटरले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गरे। २१ बल खेलि तीन चौका र दुई छक्कासहित ३२ रन प्रहार गरेका उनी आठौं ओभरको तेस्रो बलमा जिमी निसमबाट क्याच भए।

तर, विनोदले ब्रान्डन म्याकमुलनले दोस्रो विकेटका लागि ५९ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई जितनजिक पुर्‍याए। म्याकमुलन १४.१ ओभरमा निसमबाटै क्याच भए। उनले २५ रन बनाए। जनकपुरका ललितनारायण राजवंशी र किशोर महतोले समान एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३९ रन बनाएको थियो। जनकपुरले सुरुआत राम्रो गर्न सकेन। तेस्रो ओभरको पाँचौं बलमा लाहिरु मिलान्था १२ रनमा एलबीडब्ल्यू आउट भए भने आसिफ ११ रनमै पेभिलियन फर्किए। यससँगै जनकपुरले पावरप्लेदेखि नै दबाब महसुस गर्दै ३७ रन मात्र बनायो।

यसपछि पनि शुभ कांशकारले २६ रन, हर्ष ठाकरेले १२ रन, र अरनिको यादवले ११ रन बनाए। यद्यपि, टोलीले अपेक्षित गतिमा रन जोड्न सकेन। अन्तिमतिर जिमी निसमको आक्रामक ब्याटिङले जनकपुरलाई सम्मानजनक स्कोरतर्फ डोर्‍यायो। उनले २३ बलमा तीन चौका र एक छक्कासहित ४५ रन बनाउँदै इनिङ्स सम्हाले। जिमी खेलको अन्तिमतिर बोल्ड आउट भए।

बलिङतर्फ सुदूरपश्चिमका दीपेन्द्रले सर्वश्रेष्ठ प्रदर्शन गरे। उनले चार ओभरमा २९ रन खर्चिएर तीन विकेट लिए। सैफले दुई विकेट लिए भने स्कट कुग्लेनले पनि एक विकेट लिएर महत्त्वपूर्ण योगदान दिए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

Bajaj Pulsar Motorcycle Ad
ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो