अस्ट्रेलियासँग भारत ३९५ रनले पछाडि
सोमबार, पुष १, २०८१खेलपाटी संवाददाता

काठमाडौं। भारत र अस्ट्रेलियाबीच जारी बोर्डर–गावस्कर ट्रफीको तेस्रो टेस्टको तेस्रो दिनको खेल वर्षाका कारण रद्द गरिएको छ। ब्रिसबेनको गाबा मैदानमा सोमबार बिहान लगातार वर्षा भएको थियो। यस्तो अवस्थामा ३३ ओभर मात्र बलिङ गर्न सकिन्थ्यो।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा चार विकेट गुमाएर ५१ रन बनाएको थियो। केएल राहुलले ३३ रन बनाए भने कप्तान रोहित शर्मा शून्य रनमा अविजित रहे। टी–ब्रेकअघि ऋषभ पन्त (९ रन) र विराट कोहली (३ रन) पेभेलियन फर्केका थिए। मिचेल स्टार्कले यशस्वी जयसवाल (४ रन) र शुभमन गिल (१ रन) लाई आउट गरे। भारत ३९४ रनले अझै पछाडि छ। अस्ट्रेलिया पहिलो इनिङ्समा ४४५ रनमा अलआउट भएको थियो।









-1762997834781.jpeg&w=3840&q=75)




