काठमाडौं। नेपाली यु–१९ टोलीले हङकङसँगको तीन खेलको शृंखलामा विजयी सुरुआत गरेको छ। सोमबार भएको पहिलो खेलमा नेपालले हङकङमाथि तीन विकेटको जित निकालेको हो। योसँगै शृंखलामा नेपालले १–० को अग्रता लिएको छ।
हङकङले दिएको ११४ रनको लक्ष्य पछ्याएको नेपालले २६.४ ओभरमा सात विकेट गुमाउँदै ११६ रन बनायो।
नेपालका सिब्रिन श्रेष्ठले सर्वाधिक २३ रन बनाए। ३० बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे। दिलसाद अलीले अविजित १८ रन बनाउँदा सन्तोष यादव १५ र अभिषेक तिवारी १० रनमा पभिलियन फर्किए।
हङकङका डेनियल म्यापले सर्वाधिक चार विकेट लिए। १० ओभर बलिङ गरेका उनले एक मेडनसहित ३४ रन खर्चिए। थोमस फुजेस, सायन पुरी र ह्यारी हजसनले समान एक विकेट लिए।