काठमाडौं। कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुगेको छ।
सोमबार लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले १२.२ ओभरमा कर्णालीमाथि जित हासिल गरेको भए काठमाडौं गुर्खाज शीर्ष चारमा रहेर प्लेअफ पुग्ने समीकरण थियो। तर, सुदूरपश्चिमले १२.२ ओभरमा तीन विकेट गुमाएर ७२ रन मात्रै बनाएपछि कर्णाली रनरेटमा माथि रहँदै प्लेअफमा पुग्न सफल भएको हो।
योसँगै एनपिएलको प्लेअफमा पुग्नै चार वटै टोलीको टुंगो लागेको छ। १० अंकसहित शीर्ष स्थानमा रहेको सुदूरपश्चिमले क्वालिफायर १ खेल्ने पक्का भइसकेको छ। जारी खेलमा कर्णालीले सुदूरपश्चिमलाई कम्तिमा १२ रनको जित हासिल गरे क्वालिफायर १ खेल्ने छ।
समान अंक रहेको जनकपुर बोल्ट्स आठ अंक जोडेको चितवन राइनोज पनि प्लेअफमा पुगिसकेका छन्। चितवनले इलिमिनेटर खेल्ने पक्का भइसकेको छ।