काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको सामान्य लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनाएको हो। यो लक्ष्य सुदूरपश्चिमले १२.२ ओभरमा भेट्टाए कर्णाली प्रतियोगिताबाट बाहिरिने छ र काठमाडौं गुर्खाज प्लेअफमा पुग्ने चौथो टोली बन्ने छ।
कर्णालीका जिशान मक्शूदबाहेक अन्य कुनै ब्याटरले खुलेर खेल्न सकेनन्। ३५ बल खेलेका उनले चार चौका प्रहार गरेकाा थिए। यस्तै, विलियम बसिस्टोले १६, बाबर हयातले १३ र चाड्विक वाल्टनले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
सुदूरपश्चिमका हर्मित सिंहले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले १७ रन खर्चिए। दीपेन्द्रसिंह ऐरी र स्कट कुग्लेनले समानन दुई विकेट लिँदा सैफ जैबको नाममा एक विकेट रह्यो।