काठमाडौं। सुदूरपश्चिम रोयल्सका बाँया हाते स्पिनर बलर नरेन साउद नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिगचरणको अन्तिम खेलमा कर्णाली याक्सविरुद्ध फिल्डिङ गर्ने क्रममा घाइते भएका छन्।
दोस्रो ओभरको पहिलो बलमा कर्णालीका ओपनर बाबर हयातले प्रहार गरेको बललाई बाउन्ड्री लाइनजिक रोक्ने क्रममा १८ वर्षीय नरेन एलइडी स्कृनमा ठोकिन पुगेका थिए।
मैदानमै प्राथमिक उपचार गरे पनि सम्भव नभएपछि उनलाई स्ट्रेचरमा राखेर बाहिर लगिएको थियो। गर्धनमा चोट लागेका कारण उनलाई थप उपचारका लागि अस्पताल लगिएको छ। उनको स्थानमा अहिले फिल्डिङ गर्न खड्कबहादुर बोहरा आएका छन्।
नरेनले पाँच इनिङ्समा १२.५ ओभर बलिङ गर्दै ६ विकेट लिएका छन्। उनले काठमाडौं गुर्खाजविरुद्ध ३.५ ओभर बलिङ गर्दै १९ रन खर्चिएर पाँच विकेट लिएका थिए।