काठमाडौं। यु–१९ एसिया कपमा डेब्यु गर्ने लागेको नेपालले सोमबार पाकिस्तानको सामना गर्दैछ।
मलेसियाको बायुमास ओभलमा हुने खेल बिहान ११:४५ बजेबाट सुरु हुन लागेको छ। यो प्रतियोगिता पहिलोपल्ट आयोजना भइरहेको हो।
नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोट च्याम्पियनका हैसियतमा एसिया कप खेल्न लागेको हो। टोलीको नेतृत्व पूजा महतोले गर्ने छिन्। नेपाल रहेको समूह ‘बी’मा पाकिस्तानसँगै भारत छ।