बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

पोखरामाथि सुदूरपश्चिमको जित, क्वालिफायर खेल्ने सम्भावना बलियो

आइतबार, मंसिर ३०, २०८१खेलपाटी संवाददाता
पोखरामाथि सुदूरपश्चिमको जित, क्वालिफायर खेल्ने सम्भावना बलियो
Classic Tech Internet Ad

काठमाडौं। स्कट कुग्गेलिजनको सानदार बलिङसँगै पोखरा एभेन्जर्सलाई पराजित गरेको सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा क्वालिफायर खेल्ने सम्भावना बलियो बनाएको छ। आइतबार भएको खेलमा सुदूरले पोखरालाई पाँच रनले हराएको हो। 

सुदूरले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखराले १९.४ ओभरमा  विकेट गुमाउँदै १४८ रन मात्रै बनाउन सक्यो। जितसँगै सुदूर ६ खेलबाट १० अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ। सुदूरले लिगचरणको अन्तिम खेल सोमबार कर्णाली याक्ससँग खेल्ने छ। पोखराले भने सात खेलबाट ६ अंकसहित प्रतियोगिता सक्काएको छ। जनकपुर बोल्ड्स १० अंकसहित दोस्रो स्थानमा रहँदा चितवन राइनोज, कर्णाली र काठमाडौं गुर्खाजको समान आठ अंक छ।

अंक तालिकाका शीर्ष दुई टोलीले सिधै क्वालिफायर १ खेल्ने छन्। बाँकी दुई टोलीले भने एलिमिनेटर खेल्ने छन्। चितवनले इलिमिनेटर खेल्ने पक्का भएको छ।

सुदूरलाई जित दिलाउन स्कट कुग्गेलिजनले सर्वाधिक पाँच विकेट लिए। ३.४ ओभर बलिङ गरेका उनले एक मेडन लिँदै १८ रन खर्चिए। हर्मित सिंहले तीन र सैफ जैबले एक विकेट आफ्नो खातामा लेखाए।

पोखराले खराब सुरुआत गरेको थियो। पहिलो पावर प्लेमै ओपनर दिनेश खरेल, कप्तान कुशल भुर्तेल र दिलिप नाथलाई पोखराले गुमाएको थियो। दिनेश १५, कुशल शून्य र दिलिप एक रनमा आउट भएपछि पोखरा दबाबमा परेको थियो। पावर प्ले सकिएको अर्को ओभरमा सानदार ब्याटिङ गरिरहेका ओपनर आन्द्रेस गौउस पनि ३६ रनमा सैफ जैबको बलमा आरिफ शेखबाट क्याच आउट भए। 

२१ बल खेलेका उनले चार चौका र दुई छक्का प्रहार गरे। त्यसपछि जेन मलिक १० रनमा आउट हुँदा पोखरा १०.१ मा ५-६९ को स्थितिमा थियो। तर, रेइफर र किरण ठगुन्नाले छैटौं विकेटका लागि ७० रनको विशाल साझेदारी गर्दै पोखरालाई खेलमा फर्काउने प्रयास गरे। यद्यपि, रेफइर १८.१ ओभरमा हर्मित सिंहको बललाई छक्का प्रहार गर्ने धुनमा नरेन साउदबाट बाउन्ड्री लाइन नजिकबाट क्याच आउट भए। २८ बल खेलेका उनले समान दुई चौका र छक्कासहित ३३ रनको योगदान दिए।

त्यसपछि आएका माइकल लिस्क पाँच र किरण ठगुन्ना पनि ३२ रनमा पभिलियन फर्किएपछि सुदूरले खेलमा पुनरागमन गर्‍यो। सुदीप अर्याल र विपिन खत्री शून्य रनमा आउट भए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५३ रन बनाएको हो। सुदूरले पनि सुरुआत राम्रो गर्न सकेन। 

ओपनर सैफ जैबलाई रेमन रेइफरले नौ रनमै बोल्ड गरे। अर्का ओपनर विनोद भण्डारी पनि क्रिजमा लामो समय टिक्न सकेनन्। १६ बलमा एक चौका र छक्कासहित १४ रन बनाए। त्यसपछि पनि सुदूरको विकेट झर्नेक्रम जारी रह्यो। ब्रान्डन म्याकमुलन २३, हर्मित सिंह १३ रनमा आउट भए। तर, पाँचौं विकेटका लागि कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले ४१ रनको साझेदारी गर्दै सुदूरलाई १४.६ ओभरमा ५–१११ को स्थितिमा पुर्‍याए। 

१६ बलमा दीपेन्द्रले एक चौकासहित २० रन बनाए। ईशान पाण्डे १० रनमा रिटायर्ड आउट हुँदा आरिफ ४२ र नरेश बूढाऐर ६ रनमा अविजित रहे। आरिफले ३८ बलमा दुई चौका र एक छक्का प्रहार गरे।

पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले २७ रन खर्चिए। रेमन, सागर ढकाल र माइकल लिस्कले समान एक विकेट लिए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

Bajaj Pulsar Motorcycle Ad
जोर्डन लिगमा प्रीतिको पहिलो गोल

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि