बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

हेड र स्मिथको शतक, भारतविरुद्ध अस्ट्रेलियाको विशाल योगफल

आइतबार, मंसिर ३०, २०८१खेलपाटी संवाददाता
हेड र स्मिथको शतक, भारतविरुद्ध अस्ट्रेलियाको विशाल योगफल
Classic Tech Internet Ad

काठमाडौं। बोर्डर–गावस्कर ट्रफी (बीजीटी) २०२४–२५ अन्तर्गत भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टेस्ट शृंखला जारी छ। तेस्रो टेस्ट खेल ब्रिसबेनको गाबा मैदानमा दोस्रो दिनको समाप्तिसम्म अस्ट्रेलिया सात विकेट गुमाएर ४०५ रनको मजबुत अवस्थामा पुगेको छ। विकेटकिपर एलेक्स क्यारी ४५ र मिचेल स्टार्क सात रनमा अविजित छन्।

अस्ट्रेलियाका लागि ट्रेभिस हेडले १५२ र स्टिभ स्मिथले १०१ रनको महत्त्वपूर्ण योगदान दिए। भारतका जसप्रित बुमराहले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए। गाबा मैदानमा अघिल्लो सात टेस्टमध्ये भारतले केवल एक पटक जित हासिल गरेको छ। यो ऐतिहासिक जित सन् २०२१ को जनवरीमा भएको थियो, जसमा भारतले अस्ट्रेलियालाई तीन विकेटले हराएको थियो।

टस जितेर भारतीय कप्तान रोहित शर्माले पहिले बलिङ गर्ने निर्णय लिएका थिए। पहिलो दिन वर्षाले प्रभावित हुँदै १३.२ ओभर मात्र खेल्न दिइयो। अस्ट्रेलियाका ओपनरहरूले यो अवधि सानदार बिताउँदै २८ रन बनाए।

खेलको दोस्रो दिन बुमराहले भारतीय टोलीका लागि सुरुआती सफलता दिलाए। उस्मान ख्वाजा (२१ रन) र नाथन म्याकस्वीनी (नौ रन) आउट हुँदा अस्ट्रेलियाको स्कोर ३८–२ थियो। त्यसपछि मार्नस लाबुशेन (१२) लाई नितिशकुमार रेड्डीले आउट गर्दा भारतले तेस्रो विकेट हात पार्‍यो।

तीन विकेट चाँडै गुमाएको अस्ट्रेलियाका लागि हेड र स्मिथले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै २४५ रनको साझेदारी गरे। स्मिथले आफ्नो टेस्ट करियरको ३३औं र भारतविरुद्ध १०औं शतक प्रहार पूरा गरे। हेडले १८ चौकासहित १५२ रन बनाउँदै आफ्नो नवौं टेस्ट शतक पूरा गरे।

बुमराहले स्मिथलाई क्याच आउट गराउँदै यो ठूला साझेदारी तोडे। त्यसपछि उनले मिचेल मार्श (पाँच रन) र हेडलाई एकै ओभरमा आउट गर्दै आफ्नो पाँच विकेट पूरा गरे। मिचेल मार्श विराट कोहलीको हातबाट र हेड विकेटकिपर ऋषभ पन्तबाट क्याच आउट भए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

Bajaj Pulsar Motorcycle Ad
जोर्डन लिगमा प्रीतिको पहिलो गोल

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि