काठमाडौं। अस्ट्रेलियाी ब्याटर स्टिभ स्मिथले भारतविरुद्धको तेस्रो टेस्टमा आफ्नो ३३ औं टेस्ट शतक प्रहार गर्दै इतिहास रचेका छन्। यो स्मिथको भारतविरुद्ध १० औं टेस्ट शतक हो। योसँगै टेस्ट क्रिकेटमा भारतविरुद्ध १० शतक प्रहार गर्ने उनी दोस्रो ब्याट्सम्यान बनाएको छ।
स्मिथले १९० बलमा १०१ रन बनाएका थिए। उनलाई जसप्रित बुमराहको बलमा रोहित शर्माले स्लिपमा क्याच आउट गरे। स्मिथ र ट्रेभिस हेडले चौथो विकेटका लागि २४१ रनको साझेदारी गरे, जुन ब्रिसबेनमा भारतविरुद्धको सबैभन्दा ठूलो साझेदारी हो। यो इनिङ्सले उनको लय र टेस्ट क्रिकेटमा अद्वितीय प्रभावलाई पुन: स्थापित गरेको छ।
इङ्ल्यान्डका ब्याटर जो रुटले पनि भारतविरुद्ध टेस्टमा १० शतक प्रहार गरेका छन्। स्मिथले आफ्नो १०औं शतक केवल ४१ इनिङ्समा बनाएका हुन्। रुटले भने ५५ इनिङ्समा भारतविरुद्ध १०औं शतक बनाएका थिए। ग्यारी सोबर्स (३० इनिङ्समा आठ शतक), भिभ रिचर्ड्स (४१ इनिङ्समा आठ शतक), र रिकी पोन्टिङ (५१ इनिङ्समा आठ शतक) शतक प्रहार गरेका छन्।
स्मिथ अस्ट्रेलियाका लागि टेस्टमा सर्वाधिक शतक बनाउने दोस्रो खेलाडी पनि बनेका छन्। पहिलो स्थानमा रिकी पोन्टिङ (४१ शतक) छन्। स्मिथले ३३ शतकका साथ स्टिभ वालाई (३२ शतक) पछाडि पारेका छन्।