एजेन्सी । फिफा विश्वकप फुटबल अहिले समूह ‘एच’का दुई बलिया टोली पोल्याण्ड र कोलम्बियाले प्रतिस्पर्धा गरिरहेका छन् ।
कजान एरिनामा दुई टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान प्रवेश गरेका छन् । पहिलो खेलमा पराजित भएको दुवै यो खेल जित्दै दोस्रो चरणमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।
पोल्याण्ड आफ्नो पहिलो खेलमा सेनेगलसंग २–१ ले हारेको थियो । कोलम्बिया पहिलो खेलमा जापानसंग २–१ ले पराजित भएको थियो । समूह एचमा दुवै टोली अंक बिहिन रहेका छन् ।