एजेन्सी । दोस्रो वरियताका स्पेनिस स्टार राफायल नाडाल अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
मेलबर्नमा बिहिबार भएको सेमीफाइनलमा ग्रीसका स्टेफानोस सिट्सीपासलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् । मेलबर्न पार्कमा १७ पटकको ग्राण्डस्लाम विजेता नाडालले अस्टेफानोसलाई ६-२,६-४ र ५-० को सेटमा हराए ।
अब ३२ बर्षीय नाडालले उपाधिका लागि विश्व नम्बर एक नोभाक जोकोभिक र लुकास पाउलेबीचको विजेतासंग खेल्नेछ ।