एजेन्सी । अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधिका लागि जापानकी नोआमी ओसाका र चेक गणतन्त्रकी पेट्रा कोभिटोभाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
मेलबर्नमा बिहिबार भएको सेमिफाइनलमा चौथो वरियताका ओसाकाले चेक कै कारोलिना प्लिस्कोभालाई हराएर पेट्रासंगको फाइनल भिडन्त पक्का गरेकी हुन् । युएस ओपन च्याम्पियन ओसाकाले प्लिस्कोभालाई ६-२, ४-६ र ६-४ को सेटमा हराईन ।
मेलबर्न पार्कमा भएको पहिलो सेमिफाइनलमा कोभिटोभाले अमेरिकी खेलाडी रोस कोलिनलाई हराईन । आठौ वरियताकी कोभिटोभाले कोलिनलाई ७-६ (७-२) र ६-० को सेटमा हराईन् ।