सिमरा गोल्डकप : थ्री स्टारलाई हिमालयन शेर्पाको चुनौती

बारा । दशौ संस्करणको सिमरा गोल्डकपको अन्तिम सेमिफाइनलमा आज दुई 'ए' डिभिजनका क्लब रुस्लान थ्री स्टार र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
सिमरा रंगशालामा फाइनल प्रवेशका लागि हुने दोस्रो सेमिफाइनल खेल अपरान्ह २:३० बजे सुरु हुनेछ । र, दुवै टोली फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
यस खेलको विजेताले उपाधिका लागि विभागीय टिम त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा आयोजक नव जन जागृतिलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनल यात्रा तय गरिसकेको छ ।
पहिलो खेलमा बाई पाएको थ्री स्टार थ्री स्टारले संकटा क्लबलाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।हिमालयन शेर्पाले विभागीय टिम नेपाल पुलिसलाई २–० ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो ।
गत महिना सम्पन्न पल्सर सहिद स्मारक 'ए' डिभिजन लिगमा थ्री स्टारले शेर्पालाई हराएको थियो । लिगमा तेस्रो भएको थ्री स्टारले सातौ भएको शेर्पालाई २- ० ले हराएको थियो । शेर्पा थ्री स्टारसंग उक्त हारको बदला लिने योजनामा हुनेछ ।
नव जनजागृति क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख नगद प्राप्त गर्नेछन् ।











-1777808400835.jpeg&w=3840&q=75)




