शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

के होला ओलम्पिकमा जीवनरामको भविष्य ?  

शुक्रबार, १४ मंसिर २०८१खेलपाटी संवाददाता
के होला ओलम्पिकमा जीवनरामको भविष्य ?  
Loading ad...
mustang rice ad

काठमाडौं । विधान संशोधन गरेर तेस्रो पटक अध्यक्ष बन्ने जीवनराम श्रेष्ठको महत्वकांक्षामाथि निर्णय गर्न नेपाल ओलम्पिक कमिटि एनओसीको विशेष साधारण सभा बैठक मंगलबार बस्दैछ । अन्तराष्ट्रिय ओलम्पिक कमिटिले विधान संशोधनको मुद्धालाई साधारण सभाबाट टुङ्गो लगाउन सुझाव दिएसँगै एनओसीले मंगलबार विशेष साधारण सभा बैठक बोलाएको छ । 

महासचिव र अध्यक्षको दुई कार्यकालको व्यवस्था हटाउने बुदाँ समावेश विधान संशोधन पारित गर्न सभाबाट दुई तिहाई मत आवश्यक पर्छ । विधान संशोधन पारित भएको खण्डमा मात्र जीवनराम तेस्रो कार्यकालका लागि अध्यक्ष बन्ने बाटो खुल्नेछ । साधारण सभाबाट दुई तिहाई जुटाउन नसकेको खण्डमा नेपाल ओलम्पिक कमिटिमा जीवनराम श्रेष्ठको 'च्याप्टर' सधैका लागि बन्द हुनेछ । 

दुर्ई पटक राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव र नेपाल ओलम्पिक कमिटिमा १७ वर्ष कार्यकारी पदमा रहेका जीवनरामले अन्तराष्ट्रिय महासंघको डन्डा देखाएर खेल संघ र अन्तराष्ट्रिय ओलम्पिक कमिटिलाई देखाएर नेपाल सरकारलाई तर्साएर रजगज गर्दै आएका छन् । ओलम्पिकभित्र रहेका २७ वटा संघ मध्य १९ वटा संघलाई कार्यसमितिको पद बाँडेर जीवनरामले आफ्नो कुर्सी जोगाउँदै आएका छन् । सबैलाई पद बाँडेर आफु निर्विरोध हुने र बाँकी पदमा निर्वाचन गराएर आफु अनुकुलको पदाधिकारी छान्ने रणनीति जीवनरामले गर्दै आएका थिए । 

जीवनरामको सोही कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै महासचिव निलेन्द्र राज श्रेष्ठको उनको साथ छोडेका छन् । निलेन्द्रले ओलम्पिकको आगामी निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । जीवनरामको गलत कार्यशैलीविरुद्ध ओलम्पिकमा आवाज उठाउँदै आएका उपाध्यक्ष सुनिल श्रेष्ठले संशोधनको एजेण्डालाई असफल बनाउन बाहिर तिव्र लबिङ गरिरहेका छन् । उनै सुनिल र कार्यसमिति सदस्य दीर्घबहादुर केसी कुमारले दुई कार्यकालको व्यवस्था हटाउने जीवनरामको प्रस्तावमा नोट अफ डिसेन्ट लेखेका थिए । 

‘विधान संशोधनमाथि अधिकांश साथीहरुको असन्तुष्टि छ । अब साधारण सभाबाट नेतृत्वलाई बिदा गरेर नयाँ साथीबाट ओलम्पिकको नेतृत्वलाई अघि बढाउने तयारी छ ।’ महासचिव निलेन्द्र राज श्रेष्ठले भने । 

खेलकुदभित्र अनेक विवाद सिर्जना गर्ने र सोही विवादलाई देखाएर नेतृत्वमा इन्जोए गर्ने जीवनरामको व्यहारका कारण नेपाली खेलकुद उनीबाट आजित छ । असन्तुष्ट समूहको रुपमा उपाध्यक्ष सुनिल श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठले विधान संशोधनलाई असफल बनाउन अभियानको नेतृत्व गरिरहेका छन् । विधान संशोधन असफल बनाउन जम्मा सदस्य संख्या २७ खेलकुद संघको एक तिहाई अर्थात १० मत आवश्यक पर्छ । कार्यसमिति बाहिर रहेका ८ मतमा कार्यसमिति भित्रका असन्तुष्ट मतलाई जोड्ने प्रयास अन्तुष्ट समूहले गरिरहेको छ । 
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना